
काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिन नदिन सरकारले उच्च सतर्कता पाउने भएको छ । शुक्रबार मात्रै विश्व स्वास्थ्य संगठन (ब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए ।
कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाउने बालुवाटारमा बसेको बैठकले निर्णय गरेको छ । नेपालमा आउने उडान समेत रोक्न सक्ने निर्णय गर्न पर्ने हुनसक्ने भन्दै समितिले पर्यटनमन्त्री योगेश भट्टराईलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस