aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

बच्चा बोकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टर पौडेल जिम्मेवारीबाट हटाइए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेकाे बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।

महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा  र प्रहरी निरीक्षक सुजित ओझालाई भैंसेपाटीमा खटाएकाे छ ।

नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले माला साहका लागि न्याय माग्न बच्चसहित पुगेकी हेमा श्रेष्ठलाई उनले लाठीलाठी चार्ज गरेका थिए ।

पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि सामान्य बल प्रयोग गर्नुपरेकाे (इन्स्पेक्टर) देवीप्रसाद पौडेल स्पष्टिकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस