aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

 काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन।

प्रचण्डले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो। प्रचण्डले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो। दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ।

जुत्ता प्रहार गर्ने जुम्लाका २२ वर्षीय रतन तिरुवालाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । उनको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस