aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को बैंठक सकेर मिर्गौला प्रत्यारोपणको तयारी

  • रासस
    रासस
  • आइतबार, १८ फागुन २०७६
प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद्को बैंठक सकेर मिर्गौला प्रत्यारोपणको तयारी
फाइल तस्विर

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ । यही बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदै हुने छन । आज सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक आज साँझ पनि सम्पन्न भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस