aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

फेसबुकमा अब लेख्ने होइन, बोल्नुस् डलर पाइन्छ, नेपालमा कहिले हुन्छ लागू ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
फेसबुकमा अब लेख्ने होइन, बोल्नुस् डलर पाइन्छ, नेपालमा कहिले हुन्छ लागू ?

काठमाडौं । विश्वव्यापी रुपमा अत्यन्त लोकप्रियता कमाएको सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्तालाई नयाँ उपहार ल्याएको छ । फेसबुक कम्पनीले फेसबुकमा भ्वाइस रेकर्डिङ गराएर पैसा कमाउन सक्ने नयाँ परियोजना सार्वजनिक गरेको हो । कम्पनीले केही दिन अघि सार्वजनिक गरेको ‘प्रोनाउन्सेसन’ नामको यो नयाँ परियोजना भ्यूपोइन्ट रिसर्च एपबाट सञ्चालन गरिरहेको छ । 

फेसबुकले सोसल मिडिया प्रयोगकर्तालाई उपहार दिन यो एप लञ्च गरेको हो । यस परियोजना मार्फत फेसबुकले प्रत्येक रेकर्डिङमा प्रयोगकर्ताले एक डलर पाउनेछन् । 

प्रोनाउन्सेसन नामको उक्त कार्यक्रम १८ वर्ष माथिका अमेरिकी नागरिकका लागि मात्र उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्तासँग ७५ वा त्यो भन्दा धेरै फेसबुकमा साथी हुनुपर्नेछ ।  योग्यता पुरा गर्नेले साइनअप गरेपछि, ‘हेई पोर्टल’ केही वाक्यहरु लेख्नुपर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस