
काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार नाघेको छ । चीनमा थप ४२ जनाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएपछि कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभरमा तीन हजार नाघेको हो ।
चीनबाट फैलिएको नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा चीनको बुहान क्षेत्रबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
मृत्यु हुनेमा ९० प्रतिशत भन्दा बढी चीनको हुबेइ प्रान्तका छन् । हुबेइको वुहानमा गएको डिसेम्बरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । चीन बाहेक अरु १० देशमा पनि कोरोनाका कारण मानिसको मृत्यु भएको छ ।
चीनमामात्रै दुई हजार ९ सय १२ जनाको मृत्यु भएको छ भने,। चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक/एक जनाको मृत्यु भएको छ ।
अमेरिकामा दुईजनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । विश्वका कम्तिमा ५७ देशमा कोरोनाको संक्रमण फैलिएको छ । चीन बाहिर इरान र इटालीमा कोरोनाका कारण सबैभन्दा धेरैको मृत्यु भएको छ ।
इरानमा ५० जना भन्दा बढी तथा इटालीमा ३० जना भन्दा बढीको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म झण्डै ९० हजारजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
अहिले चीनबाहिरका देशमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित भएका मध्ये दुईदेखि पाँच प्रतिशत मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस