aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पेट्रोलियम पदार्थको कर बृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
पेट्रोलियम पदार्थको कर बृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं । पेट्रोलियम पदार्थमा बढाएको करबारे सरकारलाई जवाफ दिन सभामुख अग्नि सापकोटाले रुलिङ गरेका छन् ।

सोमबार समाजवादी पार्टीका सांसद सरिता गिरीले यसबारे आइतबारको बैठकमा सरकारले जवाफ दिनुपर्ने माग गरेकी थिइन् । 

तर सभामुखको ध्यानाकर्षण नभएको भन्दै सोमबारको बैठकमा रुलिङ नगरे संसद बैठक अवरुद्ध हुने चेतावनी दिएपछि सभामुख सापकोटाले सरकारलाई सो बारे जानकारी दिन रुलिङ गरेका हुन् । 

आइतबार संसदको  बैठकमा बाेल्दै,  के मन्त्रिपरिषद्ले कर लगाउने पाउँछ ? समाजवादी पार्टीकी सांसद् सरिता गिरीले प्रश्न उठाएकी थिइन । 

उनको भनाई छ– ‘सरकारले कर लगाउन पाउँदैन, मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थमा कर बढाउने निर्णय गरेको छ । संसद्को अधिकार हनन गर्दै सरकारले निर्णय गरेको छ ।’

संसदमा उनले भनिन्– ‘कुनै पनि कर लगाउने अधिकार मन्त्रिपरिषद्लाई छैन । संसद्को अनुमति बिना कर लगाउन नपाइने विश्वव्यापी सिद्धान्त छ । यस विपरित सरकारले चोर बाटोबाट कर लगाउने निर्णय गरेको छ ।’

भनिन्– ‘आज संसद्को सबैभन्दा ठूलो आपत्तिको विषय यही हुनुपर्ने थियो । सरकारले कर लगाउने निर्णयको म घोर निन्दा गर्दछु ।’

सरकारले लक्ष्यको ४० प्रतिशत मात्र राजश्व संकलन गर्न सकेको भन्दै गिरीले भनिन्– ‘राजश्व बढाउन सरकारले चोरबाटोबाट यसो गरेको हो । यो निन्दनीय छ ।’

पेट्राेलियममा बढाइएकाे कर फिर्ता नलिइएमा अ‌ागामी दिनमा प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस