aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रगति मापन सूचक सहित १५ औं योजना पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६

काठमाडौं । राष्ट्रिय योजना आयोगको आज बसेको पूर्ण बैठकले १५ औं योजनाको आधारपत्र पारित गरेको छ । बैठकले ५ वर्षपछि प्रगति मापन गर्ने सूचक तयार गरी उक्त आधारपत्र पारित गरेको हो । 

५ वर्षपछि प्रगति मापन गर्ने सूचक सहित आधारपत्र पारित गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेलले जानकारी दिए । ‘ १५ औं योजनाको आधारपत्र केही परिमार्जन सहित पारित गरिएको छ,’ उनले भने ‘राष्ट्रिय गौरवका आयोजना सहित १८ वटा रुपान्तरणकारी आयोजन र कार्यक्रम राखिएका छन्  ।’

उनका अनुसार  यसभित्र सामाजिक र भौतिक दुबै आयोजना समेटिएको छ । साथै १ सय १७ वटा प्रमुख कार्यक्रमहरू समेत समेटिएको छ । केही सुझावहरू आएका छन् । बैठकबाट आएका सुझावलाई केही दिनमै समेटेर १५ औं योजनाको पूर्ण पाठ सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।

१५ औं योजनामा ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रम समावेश गरिएको छ । १५औं योजना आगामी ५ वर्षका लागि तयार पारिएको हो। गत जेठमा यसको आधारपत्र पारित भएको थियो।

आज प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनु अघि १५ औं योजना पारित गर्न बसेको आयोग पूर्ण बैठक बसेको थियो । 

‘  ’

प्रतिक्रिया दिनुहोस