aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कोरोना प्रभाव : सरकारद्वारा ५ देशका नागरिकलाई भिसामा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
कोरोना प्रभाव : सरकारद्वारा ५ देशका नागरिकलाई भिसामा रोक

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । यही मार्च ७ देखि ३१ तारिखसम्मका लागि चीनसहितका पाँच देशका नागरिकलाई अनअराभइल भिसामा रोक लगाइएको हो । 

अध्यागमन विभागले चीनसहित , हङकङ, जापान, दक्षिण कोरिया, इटाली र इरानका नागरिकलाई एक महिनासम्म अनअराइभल भिसा नदिने निर्णय लिएको हो ।  यी देशहरुमा कोरोना भाइरस तीव्रगतिमा फैलिएको छ । 

चीनमा २८ सय भन्दा धेरैको ज्यान गइसकेको छ । इटाली, इरान, जापान र कोरियामा पनि कोरोना महामारीकारुपमा फैलिइरहेको छ। यी देशका नागरिक नेपाल आउनुपरेमा त्यहाँस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा औचित्य पुष्टि गर्नुपर्ने छ। यसअघि नेपालले इराकसिहतका १३ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । 

कोरोनाकै कारण सरकारले नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गरिसकेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण विदेशबाट आउनेका लागि भिसामा कडाइ गर्न गृहलाई निर्देशन दिएको थियो । आइतवारै स्वास्थ्यमन्त्रालयले भीड धेरै जम्मा हुने सभा, समारोह र महोत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस