aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सर्वोच्चको आदेश

काठमाडाैं । कोरोनाको संक्रमण रोक्ने कदम चाल्न सर्वोच्चको अदालतले अन्तरिम आदेश  दिएकाे छ । साेमबार सर्वोच्च अदालतले कोभिड-१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण रोक्ने आवश्यक कदम चाल्न सरकारलाई अन्तरिम आदेश दिएको हाे ।

अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयलाई आवश्यक कदम चाल्न अन्तरिम आदेश दिएको छ ।

नेपालमा अहिलेसम्म कोभिड-१९ को धेरै संक्रमित फेला परेका छैनन् । केही समयअघि एक जनामा उक्त भाइरस देखिए पनि उनी उपचार गरेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस