
काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण हुदैँ गएको कोरोना भाइसर सबैभन्दा बढी समय फलाममा जीवित रहन सक्ने चिकित्सकहरूले बताएका छन् । अन्य वस्तुमा भन्दा फलाममा १२ घण्टासम्म कोरोना भाइरस जीवित रह्ने इन्टरनल मेडिशिन रेसिडेन्ट डा. मिलन बज्राचार्यले जानकारी दिए । यदि कुनै रोगीले फलाम छोएको रहेछ भाइरस हतपत्त मर्दैन, लामो समयसम्म जीवित रहिरहन्छ ।
‘फलाम तथा फलामबाट बनेको कुनै पनि वस्तु छोइसकेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ,’ उनले भने ‘भरसक फलामलाई छुदै नछुने र छोएपनि पञ्जा लगाएरमात्रै छुँदा पनि केही हदसम्म रोग लाग्नबाट बच्न सकिन्छ । उनका अनुसार घरको झ्याल/ढोका खोल्दा वा बन्द गर्दा समेत पञ्जाको प्रयोग गर्दा राम्रो हुन्छ ।
‘झ्याल/ढोकाको ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं । वा ह्याण्ड सेनिटाइजरको प्रयोग गर्दा अझ राम्रो हुन्छ,’ उनले भने ‘वृद्धवृद्धा र केटाकेटी तथा दीर्घ रोगीहरूमा कोरोना चाँडो संक्रमण हुन सक्छ ।’ शाहाकारी भोजन गर्दा पनि रोग सर्ने सम्भावना कम हुन्छ । हामीले दैनिक गर्ने क्रियाकलापमा ध्यान पुर्याउन सकेमात्रै पनि विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसबाट सुरक्षित रहन सकिन डा. बज्राचार्यले सुझाए । भरसक भिडभाडमा नजान पनि उनले सुझाएका छन् ।
यस्ता छन् कोरोनाबाट बच्ने उपाय
१. घरबाट बाहिर जाँदा मास्क तथा ग्लोब कहिले नछाडौं । मानिसको भिडभाड भएको ठाउँमा मास्क र पञ्जा नखोलौं अर्थात अनिवार्य प्रयोग गरौं । २. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ । प्रयोग गर्नै परे दैनिक सफा गरेरमात्रै प्रयोग गरौं ।
३. घरभित्र कोठा वा भान्छा कोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गर्दा अझ राम्रो हुन्छ । यस्ता टावल दैनिक रुपमा सफा गर्नुपर्छ ।
४. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने वस्तु वा अन्य सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं ।
५. घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाल/प्लेट, चम्चा प्रयोग गरौँ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौँ ।
६. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङबोर्ड वा अन्य सामग्री राम्रोसँग धोएरमात्र पनः प्रयोग गरौँ ।
७.सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौँ अर्थात माछा मासुजन्य वस्तु राम्रोसँग पकाएर मात्र खाने गरौँ ।
८. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । झोलिलो कुरा समय समयमा धेरै सेवन गरौं ।
९.खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔं ।
१०. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानो राखौँ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला गरौं ।
११.यदि कसैलाई ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर बाहिर ननिनस्किदा राम्रो हुन्छ ।
१२. यदि घरमा कुनै बिरामी हुनुहुन्छ भने बिरामीको स्याहार सुसार गर्दा विशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३. काँचो खानेकुराहरु सेवन नगरौँ ।
१४. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जिउँदो पशु वा पन्छी खरिद नगरौं । कुनै जीव वा जनावरहरु छोए पश्चात तत्काल साबुन पानीले हात धोऔँ ।
१५.शरिर सफा राखौँ र सफा कपडा मात्र प्रयोग गरौं । रुघाँखोकी, ज्वरोसँगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल गएर चिकित्सकलाई देखाइ हालौं ।
१६. १० सेकेन्डसम्म श्वास रोक्न सक्नुपर्छ, यो अवधिसम्म श्वास रोक्न सकिएन भने तुरुन्त चिकित्सक कहाँ जाऔं ।
प्रतिक्रिया दिनुहोस