
काठमाडौं । बा २ ज ११५३ नंको ट्याक्सीमा १० तोला सुन भेटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा जनाएको छ । नम्बर नखुलेको भाडाको कारमा अन्दाजी १० तोला बराबर सुनको बिभिन्न गरगहना भएको झोला छुटेको भनी का.जि.गल्फुटार बस्ने मञ्जु लिब्बुले निवेदन दिएकी थिइन । उक्त महाशाखा खोजतलास शाखाले खोजतलास गर्दा बा.२ ज ११५३ नंको भाडाकार (चालक राम बहादुर स्याङतान)मा रहेको पत्ता लगाईएको र उक्त ट्याक्सीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट पुल्चोकसम्म जाने क्रममा बा १ ज १४९४ नम्बर भाडा कारमा ३ वटा ल्यापटप छुटेको भनी उक्त प्रतिष्ठानका अधिकृत मनिषा रायमाझीले ट्राफिक कन्ट्रोल रूमको हटलाईन १०३ फोन गरि जानकारी दिएकी थिइन । उक्त उजुरीको आधारमा महाशाखाको खोजतलास शाखाले उक्त ट्याक्सीलाई पक्राउ गरी अनुसन्धान गर्दा ट्याक्सीमा उक्त ३ वटा ल्यापटप रहेको पत्ता लगाइ सम्बन्धीत धनीलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस