
काठमाडौं । राष्ट्रिय सभाका १८ सांसदको कार्यकाल मंगलबाबारदेखि सकिँदैछ । भने राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिएको राष्ट्रिय सभा सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल पनि सकिएकाे छ । मंगलबार कार्यकाल सकिने सांसदहरुमा नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।
अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।
नेकपा सचिवालयले राष्टपतिबाट मनाेनित गर्नेमा वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् । डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन ।
दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी, कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसार्इ, राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल मंगलबार नै सकिने लिष्टमा रहेका छन् ।
सोमबार दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको बैठकअघि नयाँ बानेश्वरमा सामूहिक फोटो सेसन भएको छ । नवनिर्वाचित सांसदहरुको बुधबार ११ बजे सपथ हुँदै छ ।
कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।
यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।
राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।
१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस