
काठमाडौं । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । मंगलबार जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । गिरीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत इनरूवा उनलाई अदालतले थुनुवा पूर्जी दिएर झुम्का कारागार पठाएको हो । अदालतमा उपस्थित हुने क्रममा उनले आफु औषधि उपचारका क्रममा भारतमा गएको र फैसलाको सम्मान गर्दै अदालतमा हाजिर भएको प्रतिक्रिया दिए ।
कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो ।
सुरुमा जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस