aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

कोकाकोलाले ल्यायाे नयाँ स्किम ‘दिउँसै झपझप,कोकले अप’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
कोकाकोलाले ल्यायाे नयाँ स्किम ‘दिउँसै झपझप,कोकले अप’

काठमाडौं । कोकाकोला नेपालले आलस्यपन भगाउन नयाँ क्याम्पेन शुरु गरेको छ । ‘दिउँसै झपझप, कोकले अप’ भन्ने क्याम्पेनको नयाँ ट्यागलाइन हो । कम्पनीका अनुसार दिउँसै निन्द्राले झपझप बनायो भने कोकले मुड र इनर्जीलाई बुस्ट गराउँछ। 

क्याम्पेनको रुपमा कोकाकोला नेपालले अभिनेत्री स्वस्तिमा खड्का र गायक नितेश जङ्ग कुँवरलाई फीचर गरेर नयाँ टिभीसी सार्वजनिक गरेको छ । यो नयाँ क्याम्पेनका मार्फत कोकाकोलाले उपभोक्ताहरुलाई दिउँसो आलस्य हटाउन मद्धत गर्ने कोकाकोला नेपालका कन्ट्री टाइरेक्टर अम्बुज सिंहले बताए । ‘हामी उपभोक्तालाई उनीहरुको पुरा दिन राम्रो रहोस् र दिउँसको सुस्ताका कारण कुनै क्षणहरु नगुमाउन भन्ने चाहन्छौं,’ उनले भने । 

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेका अनुसार, यो क्याम्पेन भनेको कोका–कोला खाएर दिउँसको झप् झ्पलाई भगाएर रिफ्रेस हुँदै आफ्नो क्रियाकलाप जारी राख्नु हो । कोका–कोला कम्पनी नेपालले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै योजना ल्याएको छ । क्याम्पेन सम्बन्धी सबै पछिल्ला जानकारीहरुका लागि ग्राहकले कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज लाइक र फलो गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस