aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

दिल्लीमा कोरोना सङ्क्रमित भेटिएपछि भारतभर त्रास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
दिल्लीमा कोरोना सङ्क्रमित भेटिएपछि भारतभर त्रास

भारतमा फेला परेका कोरोना भाइरस सङ्क्रमित व्यक्तिले आग्रामा पार्टी समेत खुवाउन भयेको खुलासा भएपछि अहिले भारतको राजधानी सहर दिल्ली र आग्रामा मानिसहरू चिन्तित बनेका छन्। इटालीबाट आएका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

उनले आग्रामा भोजको आयोजना गरेका थिए जसमा नोएडाको एक निजी स्कूलका २ बच्चाहरू समेत समावेश भएको खबर सार्वजनिक भएपछि नोयडामा त्रास फैलिएको छ। समाचारहरुमा उल्लेख भए अनुसार सो भोजमा धेरै मानिसहरू सहभागी भएका थिए।  


अहिले थप ६ जनामा कोरोनाको आशङ्का गरिएको छ।  उनीहरू सबैलाई आइसोलेशन वार्डमा राखेर परीक्षण गरिएको छ। कोरोना संक्रमको आशङ्का गरिएका सबै जना इटालीबाट आएका ती सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका थिए। 

भारतको स्वास्थ्य विभागका शीर्ष अधिकारीहरू अहिले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजीमा सक्रिय भएका छन्। सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिहरूका परिवारका सदस्यहरू र नजिकका साथीहरूलाई समेत अलग ठाउँमा राखिएका थिए। सन्दिग्ध व्यक्तिको नमुना पुणे पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस