
काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिकामा रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । अर्थमन्त्री खतिवडाले मंगलबार उक्त पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा भई मंगलबार खतिवडाको पदावधि सकिएसँगै उनले राजीनामा दिएका थिए । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको उच्च स्रोतले जानकारी दिएको छ ।
खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्माओलीले सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस