aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
कोरोना भाइरस

कोरोनाको कारण चैत ५ सम्म परीक्षा सक्न मन्त्रालयको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
कोरोनाको कारण चैत ५ सम्म परीक्षा सक्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा सम्पन्न गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मन्त्रालयले मंगलबार विद्यालयलाई यस्तो निर्देशन दिएको हो । साथै उनीहरूलाई सतर्कता अपनाउन निर्देश गरेको छ । 

सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न समेत मन्त्रालयमा सुझाएको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन जारी गरेको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने तालिम समेत निर्धारण गरेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुने गर्दछ । त्यस निम्ति परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा लिने व्यवस्था गर्नसमेत मन्त्रालयले भनेको छ
 

प्रतिक्रिया दिनुहोस