aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सुनको भाउमा नयाँ रेकर्ड : तोलाकै २२ सय रुपैयाँ बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
सुनको भाउमा नयाँ रेकर्ड : तोलाकै २२ सय रुपैयाँ बढ्याे

काठमाण्डाै । सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गएको फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

गएको आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया दिनुहोस