aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

सम्सी नाकाबाट लागुऔषध सहित एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
सम्सी नाकाबाट लागुऔषध सहित एक पक्राउ

महोत्तरी । महोत्तरीको नाकाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको कन्हवा बोर्डरबाट सम्सी बजार तर्फ आउँदै गरेका जिल्लाको बर्दिवास नगरपालिका ४ माइस्थान घर भएका अन्दाजी २० बर्षको पंकज भनिने पोष बहादुर सिठुङ्ग आले मगरलाइ लागुऔषधसहित पक्राउ गरिएको हो । 

पक्राउ परेका मगरको साथबाट १० थान नाइट्रोजन, ३०० थान ट्यावलेट, नोफिन ३ पिस, डाइजोपाम इन्जेक्सन ३ पिस बरामद गरिएको शसस्त्र प्रहरी सम्सीका स.प्र.नि नवराज पुडासैनीले जानकारी दिएका छन् ।

पक्राउ परेका मगरलाई जिल्ला कार्यालय जलेश्वरमा पठाएर थप अनुसन्धान गरिरहेको सम्सी सशस्त्र प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस