aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

भारतमा कोरोना संक्रमितको सङ्ख्या २८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
भारतमा कोरोना संक्रमितको सङ्ख्या २८ पुग्यो

भारत । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् ।

कोरोनभाइरसको संक्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ ।

अब सबै अन्तर्राष्ट्रिय यात्रुहरुले विमानस्थलमा आफूले यात्राको स्थान, सम्पर्क विवरण लगायत फारम भर्नुपर्नेछ ।

कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताइसकेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस