काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन)मा नयाँ नेतृत्व चयनको लहर चलेको छ । फेकनको आगामी चैत्र २२ गते वार्षिक साधारणसभा हुँदै छ भने २९ गतेमा हुने निर्वाचनले नयाँ कार्यसमितिको चयन हुन लागेको हो ।
अध्यक्षका उम्मेदवार बासु नेपाल अहिलेसम्मका एक्ला दाबेदार देखिएका छन् । तथापि हालको कार्य समितिमा रहेका केही ब्यक्तिपनि आकाङ्क्षी रहेको बुझिएको छ । बासु नेपाल वर्तमान कार्यसमिति भन्दा अघिल्लो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन । फेकनका अधिकांश सदस्यहरू अहिले नै यो संस्थामा निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्न नहुने मान्यता राख्ने गर्छन् ।
अहिलेका आकाङ्क्षीहरूलाई अर्को कार्यसमितिमा सर्वसम्मत गराउने विश्वास दिलाएर संस्थागत एकतालाई मजबुत पार्न केही सक्रिय सदस्यहरू लागी परेका छन् । हालसम्म सर्वसम्मत नेतृत्व गर्दै आएको यो व्यवशायिक सङ्गठनमा एकता र सामूहिक नेतृत्वको भावना निरन्तर राख्ने प्रयास भइरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस