
काठमाडौं । मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयुमा सारिएको छ । प्रधानमन्त्री ओली सँगै उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पोस्ट अपको आईसीयुमा सारिएको अस्पताल स्रोतले बताएको छ ।
बिहान १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो तीन बजेसम्म चलेको थियो । त्यसक्रममा समीक्षाले दिएको मिर्गौलालाई चिकित्सकहरुले सफलतापूर्वक प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न सफल भएका हुन् ।
अहिले दुवैजनालाई अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपको आईसीयुमा सारिएको छ । अब प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज नहुन्जेल पोस्ट अपको आईसीयुमा राखिने स्राेतले जनाएकाे छ ।
अस्पतालका अनुसार अहिले दुवैजनाको अवस्थामा खतरामुक्त रहेका छन् । प्रधानमन्त्री ओलीको होस आउन अझै डेढ घण्टाजति लाग्नसक्ने बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस