aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मैनालीको सडक दुर्घटना नियोजित रहेको ठहरः माले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
मैनालीको सडक दुर्घटना नियोजित रहेको ठहरः माले

काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सीपी मैनालीको सडक दुर्घटना अस्वभाविक र नियोजित रहेको ठहर गरेको छ । स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा सम्पन्न बैठकले यस्तो ठहर गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा मालेले मैनालीको दुर्घटना एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनजारी आन्दोलनमा लागेका नेतालाई भौतिकरुपबाटै समाप्त पार्ने नियतले गराईएको त होइन ? भन्ने प्रश्न उत्पन्न भएको जनाइएको छ । मालेले दुर्घटनाको सीआईबीद्वारा जाँच गराउन सरकारसँग माग गर्ने र पार्टीको गठित कार्यदलद्वारा जनस्तरबाट छानबनि गराउने समेत जनाएको छ ।

बैठकले ३।एमसीसी सम्झौता खारेजी र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता गराउनका लागि नेकपा ९माले० सहित देशमा क्रियाशील दश राजनीतिक दलद्वारा बिभिन्न चरणका बिरोध कार्यक्रमहरू भइरहेको भन्दै नेकपा (माले)एम्सी..सी.सम्झौता खारेज र भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन तथा संघर्षको मैदानमा डटिरहने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस