aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

डा. खतिवडाको दोस्रो इनिङ शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
डा. खतिवडाको दोस्रो इनिङ शुरु

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् । राष्ट्रपती बिद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे लगत्तै उनले अर्थ मन्त्रालयमा बैठक बसाएर पदभार सम्हालेका हुन् । 

राष्ट्रिय सभा सदस्यका रुपमा यस अघि २ वर्ष अर्थमन्त्रीको जिम्बेवारी सम्हाल्दै आएका उनले मंगलबार साँझ राजिनामा दिएका थिए । संसदको सदस्य पदबाट मुक्त भएपछि राजिनामा दिएका उनी बधबार संविधानको धारा ७८ बमोजिम पुनः नियुक्तीमा परेका हुन् । 

डा. खतिवडाले अर्थमन्त्रीका रुपमाहालको सरकारमा निरन्तरता पाउने वा नपाउने भन्ने विषय निकै लामो समयसम्म चर्चामा थियो । त्यसलाई अन्त्य गर्दै उनी आज फेरी अर्थमन्त्रालयको कमाण्ड सम्हाल्न पुगेका हुन् ।

यसकारण, अर्थमन्त्रीमा डा. खतिवडाको निरन्तरता

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पुनःनियुक्ति नयाँ ऊर्जाका साथ काम गर्नका लागि भएको बताए ।पुनःनियुक्तिपछि अर्थ मन्त्रालयमा आज उहाँले पदबहालीका क्रममा आफू मुलुकको गरिबी, अभाव, अशिक्षा, असमानाता र अन्यायका विरुद्ध लडिरहेको बताउँदै ती समस्या हल नहुञ्जेलसम्म र नेतृत्वले फर्की नभनेसम्म लडिरहने धारणा व्यक्त गरेका थिए । 

आर्थिक वृद्धिको बाटोमा रहेको र आर्थिक परिसूचक सकारात्मक भए पनि  केही वाह्य चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ । बितेका दुई वर्षमा मुलुकको आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्र हुँदै गएको, आयातमा आधारित राजश्व प्रणाली आन्तरिक उत्पादनमा र आम्दानीमा आधारित राजश्व प्रणालीमा रुपमा विकास हुँदै गएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिए।

उहाँले संविधानले दिएको अधिकारअन्तर्गत तिनै तहका खर्च विनियोजन, लेखाङ्कन प्रणालीलगायत एकीकृत विवरण बनाउने चुनौती रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रका लागि अझ सहज लगानीको वातावरण बनाउन र सहकार्य गर्न धेरै कानून बनेको र केही कानून बनाउनुपर्ने बताउँदै मन्त्री डा खतिवडाले व्यावसायिक वातावरण सुधारको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पुनःनियुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, राष्ट्रपति र प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुका साथै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना  गर्नभयो । कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, मातहतका विभाग र निकायका प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस