
काठमाडौं । महिला सहयात्रा लघुवित्तको वार्षिक साधारण सभा चैत २२ गते हुने भएको छ ।
साधारण सभाको प्रस्तावमा १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश –कर प्रयोजनको लागि वितरण गर्ने रहेको छ ।
कम्पनीले ओम अध्याय रिट्रिट रिर्सोट बज्रबाराही , मकवानपुरमा सभा बोलाएको हो । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत ४ गते बन्द रहनेछ । चैत ३ गते सम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस