aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

सावधान ! बर्डफ्लु सङ्क्रमित कुखुरा काठमाडौं भित्रिन थाले

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, २२ फागुन २०७६
सावधान ! बर्डफ्लु सङ्क्रमित कुखुरा काठमाडौं भित्रिन थाले

काठमाडौं । भारतबाट राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्र्याउन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता बस्तु भित्र्याउन थालिएको हो ।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं ल्याइएको आशङ्कामा मासुका लागि तयार ७३० वटा कुखुरा नष्ट गरिएको छ ।

सो कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस