
एजेन्सी । कोरोना भाइरसबाट आजसम्म चीनमा ८०,४०९ जना मानिस चीनमा संक्रमित भैसकेका छन्। अहिलेसम्म ३०१२ जनाले ज्यान गुमाएका छन् । चीनमा कोरोना भाइरसको डर यति धेरै छ कि त्यहाँ हजामले मानिसहरुको कपाल तीनदेखि चार फिट टाढा काट्ने गरेका छन् । अहिले त्यस्ता भिडियोहरू चीनको सोशल मिडियामा भाइरल भइरहेका छन् ।
यदि कसैले तपाइको कपाल चार फिट टाढाबाट काट्छु भनेर भन्यो भने तपाई विश्वास गर्नुहुन्न। किनकि कपाल अझ खराब हुनेछ भन्ने डर हुन्छ। तर, चीनमा अहिले त्यस्तो भइरहेको छ ।
चीनको हेनान प्रान्तको एक सैलुनमा हजामले मानिसहरूको कपाल चार फिट टाढाबाट काट्छन्। मानिसहरुको कपालको स्टाइलिंग तीनदेखि चार फिट टाढाबाट पनि भइरहेको छ ।
हेनान प्रान्तमा धेरै हेयर ड्रेसरहरूले एउटा अनुपम विधि प्रयोग गरिरहेका छन्। यी व्यक्तिहरूले लामो छडीमा उनीहरूको कैची, ब्रस, काइयो आदि बाँधेर कपाल काटिदिने गरेका छन् ।
हेनान प्रान्तमा मात्र नभई चीनको सिचुआन प्रान्तको लुझौका नाईले पनि यो विधि प्रयोग गर्दैछन्। चीनका मानिसहरूले यसलाई लामो दूरीको हेयर कटिंग भनिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस