
काठमाडौं । कोराना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका कोरियाबाट फर्किएका एक नेपाली भागेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सरुवा रोग अस्पताल भर्ना गरिएका उनी एकाएक फरार भएका हुन् ।
अस्पतालबाट भागेका उनलाई अहिले प्रहरीले खोजिरहेको छ । उनी बुधबार कोरियाबाट फर्किएका थिए । अस्पतालका चिकित्सकहरुका अनुसार ब्रोङ्काइटिस जस्तो समस्या देखिएकाले आइसोलेसन वार्डमा राखिएको थियो ।
कोरियासहित यूएई र कतारबाट आएका तीन नेपाली र भारतबाट आएका एक विदेशी अस्पताल भर्ना भएकामा बाँकीको स्वास्थ्य सामान्य देखिए पनि एक जनामा समस्या देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस