
काठमाठडौं । भारतले फागुन ३० देखि विदेशमा औषधि निर्यात गर्न रोक लगाएको छ । भारतले यसरी औषधि निर्यातमा रोक लगाए पनि यसको असर तत्काल नेपाली बजारमा नपर्ने सम्बन्धि क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । भारतले औषधि निर्यातमा रोग लगाएसँगै सरकारले सो रोक्का गरिएको औषधि फुक्का गर्न पहल शुरु गर्न लागेको छ ।
भारतले औषधिमा प्रतिबन्ध लगाएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा आयात हुने औषधि नेपालमा भित्र्र्याउन पहल शुरु गरेको हो । भारत सरकारसँग वार्ता टोली बनाएर औषधि आयात गर्न पहल गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । ‘सरकारले यस विषयमा छिट्टै वार्ता गर्ने तयारी गरेको छ,’ उनले भने ‘ हामी नेपालमा औषधि अभाव हुन दिदैनौ ।’ कमिटी बनाएर छलफल गरी रोकिएका औषधि फुक्का गर्ने तयारीमा मन्त्रालय रहेको उनले बताए ।
हाल नेपालमा ५५ प्रतिशत औषधि विदेशीबाट आयात हुने गरेको छ । भारतले २० फागुनदेखि प्यारासिटामोल, भिटामिन बी कप्लेक्स सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा रोक लगाएको होे ।
नेपालमा अहिले करिब ६ महिनालाई पुग्ने औषधि स्टक रहेकोले तत्काल आतिन नपर्ने उत्पादकहरूले बताएका हुन् । औषधि उत्पादक संघका पूर्व अध्यक्ष तथा देउराली जनता फर्मास्यूटिकल्स प्रवन्ध निर्देशक हरिभक्त शर्माले अहिले पेनिक हुनुपर्ने अवस्था नरहेको बताए । ‘यद्यपि सरकारले यसमा सजकता भने अपनाउनु पर्छ,’ उनले भने ‘सरकारले यसको विकल्प खोजेन भने अप्ठ्यारो पर्न सक्छ ।
’ ३/४ महिनालाई औषधि पुग्छ ।’ यसको तथ्यांक सरकारसँग खोजिगरे कतिलाई औषधि पुग्छ भनेरमात्र निकाल्न सकिने उनले बताए । हाल नेपालमा वार्षिक ५० अर्बको औषधि खपत हुने गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा क्वेष्ट फर्मास्यूटिकल्सका प्रवन्ध निर्देशक औषधि उत्पादक उमेशलाल प्रधानले अहिले नेपालसँग करिब ६ महिनालाई पुग्ने औषधिहरू स्टक भएको बताए ।
कोरोना भाइरसका कारण विश्व बजार आक्रमित हुँदै जाँदा भारतले आफ्ना नागरिकलाई सुरक्षित राख्न फागुन २० गते यो नयाँ नीति कार्यान्वय ल्याएको हो । दुई तिहाई व्यापार हिस्सा ओगटेको भारतको यस्तो निर्णयले सबैभन्दा बढी असर नेपालमा पर्न सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस