aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
कालोबजारी

मास्क र सेनिटाइजर कृतिम अभाव सिर्जन गर्ने चार व्यवसायीलाई ४ लाख ३० हजार जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
मास्क र सेनिटाइजर कृतिम अभाव सिर्जन गर्ने चार व्यवसायीलाई ४ लाख ३० हजार जरिवाना

काठमाडौं । बजारमा मास्क तथा औषधिजन्य सामग्री कृतिम अभाव सिर्जना गर्ने ४ वटा औपधि पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । विभागले आज गरेको बजार अनुगमनमा ती तीन औषधि पसललाई ४ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको हो । 
बजारमा सेनिटाइजर तथा मास्कको कृतिम अभाव सिर्जना गर्ने ४ औषधि पसललाई ४ लाख ३० हजार रुपैयाँ जरिवाना सहित कारवाही गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । 

विभागबाट अनुगमनमा खटिएको टोलीले आज बिहीबार वीर अस्पतालस्थित आयूष फार्मेसीलाई  २ लाख, आईज्याक हस्पिटेक सपोर्ट क्षेत्रपाटीलाई २ लाख, एस.जे मेडिको सर्जिकल क्षेत्रपाटीलाई २० हजार र आरएस फार्मेसी महाबौद्धलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । 

विभागले आज बालाजु, क्षेत्रपाटी, वीर अस्पताललगायतका क्षेत्रको सात वटा यस्ता फार्मेसीको अनुगमन गरेको सुवेदीले बताए । ‘कारवाहीमा परेका यी व्यवसायीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेका कारण कारवाही गरेको महानिर्देशक सुवेदीले बताए । 
 

प्रतिक्रिया दिनुहोस