aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
पूर्वप्रधानमन्त्री

‘वर्थ डे’ केक नकाटी मनाए माधव कुमार नेपालले जन्मदिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
‘वर्थ डे’ केक नकाटी मनाए माधव कुमार नेपालले जन्मदिन

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो ६८ औं जन्मदिन मनाएका छन् । उनले आफ्नै निजी निवासमा ‘वर्थ डे’ केक नकाटी  शुभकामना आदानप्रदान गरी जन्म दिन मनाएका हुन् । उनले खर्चको मितव्ययिता र आफ्नो संस्कृतिलाई सम्मान गर्दै ‘वर्थ डे’ मा केक नकाटेका हुन् ।

यसै अवसरमा नेपाललाई उनका कार्यकर्ताहरुले पुष्प गुच्छासहित जन्मदिनको शुभकामना दिएका छन् । उनको जन्म वि.सं. २००९/११/२३ गते भएको थियो । १५ वर्ष अघि उनी नेकपा (एमाले) का महासचिव थिए ।

प्रतिक्रिया दिनुहोस