aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

रेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा पुर्याउन मन्त्री खतिवडाको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
रेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा पुर्याउन मन्त्री खतिवडाको निर्देशन

काठमाडौं । अर्थ र सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पु¥याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । मन्त्री खतिवडाले आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए ।

उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिए । 

मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरे ।

सञ्चारमन्त्री डा. खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिए ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए । 

प्रतिक्रिया दिनुहोस