
भक्तपुर । भक्तपुर जिल्लाका सबै स्थानीय तहले चैत ६ गतेदेखि विद्यालय बन्द गर्ने गरी कक्षा ९ सम्मको परीक्षा ५ गते भित्र सकाउन विद्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएका छन् ।
नेपालमा कोरोना भाइसरको सन्त्रास बढेको बेलामा सरकारले कुनै पनि सभा समारोह तथा मेला महोत्सव नर्गन आग्रह गरेको र परीक्षा चाडै सक्न भनेको छ ।
सोही अनुसार भक्तपुरमा पनि ४ वटै स्थानीय तहले कुनै पनि सभा, समारोह नगर्ने निर्णय गरेका छन् भक्तपुर नगरपालिकाले चैत ४ गते गर्ने भनिएको भक्तपुर महोत्सव पनि स्थगित गरेको छ ।
यता मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरसका संकास्पद विरामीको लागि छुट्टै आइसोलेसन कक्षको स्थापना गर्ने तयारी गरेको छ । कोरोनाको लक्षण भएको शंका लागेमा तत्कालका लागि उपचार गर्न सो कक्षको स्थापना गरेको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै भक्तपुर जिल्लाका ४ वटै स्थानीय तहले कक्षा ९ सम्मको परिक्षा चैत ५ गते भित्र लिइसक्न सवै विद्यालयलाई निर्देशन दिएका छन् भने चैत ६ गते देखि एक महिना विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस