aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

विदेश पठाईदिन्छु भन्दै ११ लाख ४२ हजार ठगी गर्ने साह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
विदेश पठाईदिन्छु भन्दै ११ लाख ४२ हजार ठगी गर्ने साह पक्राउ

काठमाडौं । विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनुषा मिथिला नगरपालिका वडा नम्वर ५ घर भइ हाल काठमाडौंको गौशला बस्ने वर्ष २४ को रामेश्वर साहलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

साहले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारको सिलसिलामा दुबई, मलेशियामा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारेर ९ जना व्यक्तिहरुबाट ११ लाख २४ हजार २ सय ठगी गरेको महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । 

पक्राउ परेका साहलाई महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा आवश्‍यक अनुसन्धान तथा  कारवाहीको लागी पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस