aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि सफ्टवयर सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि सफ्टवयर सञ्चालन

काठमाडौँ । दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि सफ्टवयर सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले रोड एक्सिडेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (आरएआइएमएस) सफ्टवयर प्रयोगमा ल्याएको हो । 

यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखा लगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा एकै साथ उक्त सफ्टवयर सञ्चालनमा लयाएको हो । संचालनमा ल्याएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले उक्त सफ्टवयर संचालनसंगै सम्पूर्ण सवारी दुर्घटनाहरू रेकर्ड राखिने र अभिलेखीकरण गरिएका तथ्याङ्कहरुलाई विज्ञ सहितको टीमले तथ्याङ्क विश्लेषण गरेर दुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान, सवारीको अवस्था लगायत अन्य कारणहरुको समेत निक्यौल गरि सोको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरि लागू गर्न टेवा पुग्ने जनाएका छन् । 

दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यस पूर्व पनि विभागबाट उपलब्ध गराईएको ट्यावलेट प्रयोग गरिदै आएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालै मात्र सो कार्यलाई अझ बढी प्रभावकारी बनाई कार्यसम्पादनमा सरलता एवं सहजताको लागि यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागि महाशाखालाई ३४ थान मोबाईल सेट उपलब्ध गराईएको छ । 
 

प्रतिक्रिया दिनुहोस