aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

करोडौं राजश्व नतिर्नेमा होटल मालिकदेखि ठकेदारसम्मकाे लर्काे (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ फागुन २०७६
करोडौं राजश्व नतिर्नेमा होटल मालिकदेखि ठकेदारसम्मकाे लर्काे (सूचीसहित)

काठमाडौं । सरकारले लामोसमययता राजश्व नतिर्नेहरुलाई ३५ दिने सूचना जारी गरेको हो । आज सार्वजनिक सूचना जारी गर्दै १२३ जना विभिन्न कम्पनिसम्वद्ध व्यक्तिहरुका नाममा सूचना जारी गरेको हो ।

सरकारी रकम तिर्न बुझाउन बाँकी भएकाहरुको लगत राखी पटक पटक सूचना प्रकाशित गर्दा र पत्राचार गर्दा पनि रकम नबुझाएको भन्दै तीनपुस्ते विवरण प्रकाशित गरेको जनाइएको छ ।

सरकारले ब्याज समेत बुझाउन भनेको छ । रकम नबुझाएमा जायजेथा दाबी गरी लिलामी प्रक्रियाबाट असुल उपर गरिने चेतावनी दिइएको छ ।

तीन पुस्ते निकालेकोमा होटल मालिक देखि ठेकेदारसम्म छन् । लामा कन्स्ट्रक्सनका रोशनकुमार लामाले एक करोड बुझाउन बाँकी देखिएको छ ।

क्यासिनो सञ्चालक आर.डी.टरटलले एक करोड ८४ लाख, होटल सोल्टीले ८ करोड ४३ लाख, टेक्सेना रिसोर्सले १३ करोड ८८ लाख, इमिरेट्स एसोसियटले २ करोड ८० लाख, बीबीबी च्याम्पियन्स आयल कम्पनिले डेढ करोड, होटल याक एन्ड यतीका राधेश्याम सर्राफले १६ करोड रुपैयाँ तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस