aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आज दिनभर आकाश नखुल्ने, मध्यान्हपछि फेरी वर्षा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ फागुन २०७६
आज दिनभर आकाश नखुल्ने, मध्यान्हपछि फेरी वर्षा हुने

काठमाडौँ । आज शनिबार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पश्चिमका तराई भूभागबाहेक देशका बाँकी सबै स्थानमा गड्याङगुडुङसहित पानी परिरहेको छ।

काठमाडौं उपत्यकामा शनिबार बिहान साढे ४ बजेदेखि नै हल्का वर्षा भइरहेको भने पश्चिमी र पूर्वी क्षेत्रमा शुक्रबार रातिदेखि नै पानी परिरहेको छ। तर पश्चिम तराईतिर पानी पर्ने क्रम कम हुँदै गएको छ र केही समयपछि रोकिने देखिन्छ भने पहाडतर्फ पानी पर्ने क्रम जारी नै रहने सम्भावना रहेको बताइएको छ।

आज राति समेत वर्षा सहित हिमपातको संभावना रहेको विभागको पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार, देशको पश्चिमी भू–भागका केही स्थान लगायत मध्य तथा पूर्वी नेपालमा वर्षा भइरहेको छ । उच्च तथा हिमाली भू–भागमा हिमतपातको समेत संभावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा अहिले भइरहेको वर्षा  केही समयपछि पानी पर्न रोकिए पनि मध्याह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अहिले नेपालको मौसमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत प्रभाव परेको छ। सामान्यतया प्रिमनसुनका बेला पश्चिमी वायु नआउनुपर्ने हो तर अहिले आइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको भूउपग्रहको तस्बिरले हिजो राति पश्चिम र पूर्वी पहाडमा वर्षाका साथै चट्याङ परेको देखाएको छ। त्यसैले आज पनि असिना पानी, चट्याङ, हावाहुरीको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस