
काठमाडौं । धितोपत्र बोर्डका कर्मचारी र बोर्डको ब्यबस्थापन मिलेर बजार विकासमा लाग्ने पर्ने बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । शुक्रबार नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढुङ्गानाले यस्तो बताएका हुन ।
विगत १४ बर्ष देखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको यस युनियनको पाँचौ अधिवेशन मार्फत तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति समेत सर्वसम्मतले रुपमा चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस