aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

ललितपुर र काठमाडौँका यी ठाउँमा दुईदिन बत्ती जान्छ रहनुस् तयार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ फागुन २०७६
ललितपुर र काठमाडौँका यी ठाउँमा दुईदिन बत्ती जान्छ रहनुस् तयार

काठमाण्डाै - पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले आज शनिबार र भोलि आइतबार ललितपुरका केही ठाउँमा आठ घण्टा बत्ती जाने भएको छ । ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बत्ती जाने भएको हो ।

नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार काठमाण्डौको जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत दक्षिण ढोका क्षेत्र, ग्रिन हिल सिटी र माकलबारी क्षेत्रतिर पनि आज बत्ती जाने भएको छ ।

सडक विस्तारको काम भैरहेकाले तार सार्न बिहान ९ देखि बेलुकी ५ बजेसम्म विद्युत कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयभन्दा अघि नै काम सकिए छिट्टै बत्ती दिने बताएको छ । 

प्रतिक्रिया दिनुहोस