
एक महिना अघि अर्थात् फेब्रअरीको मध्यमा नै अमेरिकाका केही निर्माण कम्पनीहरुले आवश्यक निर्माण सामग्रीको अभाव महसुस गरेका थिए । अहिले त्यो समस्या ठुलो भईसकेको छ । चीनबाट आपूर्ति हुँदै आएका त्यस्ता धेरै वस्तुको बजारमा अभाव भएपछि अमेरिकी अर्थतन्त्रले कोरोनाको कारण क्षती व्यहोर्न थालिसकेको थियो । भलै त्यो समयसम्म कुनै अमेरिकी नागरिक यो भाइरसको सङ्क्रमणमा परिसकेका थिएनन् ।
कोरोनाको विश्वव्यापी अर्थतन्त्रमा एक राम्रो प्रभाव पार्दै गएर सङ्कट झन् गहिरिन थालेपछि अहिले अर्को बहस शुरु भएको छ । के भूमण्डलीकरणको नकारात्मक असरलाई यो घटनाले उजागर गरेको हो ? पूँजीवादको पछिल्लो अस्त्र ‘भूमण्डलीकरण’ मानव जातिको लागि कसरी अफाबसिद्ध छ भन्ने यो परिदृश्यले सतहमा ल्याएको होइन ? त्यसैले राजनीतिक अर्थशास्त्रमा चासो राख्नेहरुका लागि यो पछिल्लो ‘डिस्कोर्स’ रोचक लाग्न सक्छ ।
संक्रमित भूमण्डलीकरण
नयाँ रोगको विश्वव्यापी प्रसारले आधुनिक जीवनको नाजुकतालाई मात्र उजागर गरेको छैन बरु भूमण्डलीकरणको चक्रलाई समेत यसले बिथोलेको छ । विश्वभरि घुम्दै एउटा चक्र पुरा गर्ने भूमण्डलीकरणको प्रणालीका महत्वपूर्ण औजारहरु पैसा, वस्तु, सेवा र मानिसहरुको अन्तर्राष्ट्रिय प्रवाहलाई यसले अप्रत्यासित रुपमा घटाएको छ । हालसम्म एक लाख जना मानिसलाई प्रतक्ष्य संक्रमणमा परेको भाईरसले विश्व अर्थतन्त्रलाई भने लगभग बिछ्यौनामा ढालिसकेको छ ।
हवाई उद्योगले यो वर्ष ११३ अर्ब डलरको क्षती व्यहोर्नुपर्ने पूर्वानुमान सार्वजनिक भईसकेको छ । नेपाल जस्ता विकासशील मुकुकहरुका लागि यो भाइरसको आर्थिक प्रभाव कस्तो रहन्छ भन्ने एसियाली विकास बैंकले गरेको प्रक्षेपण कहालीलाग्दो देखिन्छ ।
कोरोनाभाइरसले विश्वव्यापी आपूर्ति जालोलाई संक्रमित गर्यो जसले गर्दा निर्माता र उपभोक्ताहरू आपसमा जोडिन पाउने अवस्था अहिले छैन । विश्वब्यापी रुपमा सामानको दुवानी गर्ने कन्टेनरको ट्राफिक २५ प्रतिशतले घटेको तथ्यांकहरू सार्वजनिक भएका छन् ।
कोरोनाको संक्रमण फैलनुभन्दा ठीक अगाडी अमेरिकाले चीन लगायतका मुलुकसँग गरेको व्यापार युद्धले नै विश्व अर्थतन्त्रलाई शिथिल पारेको थियो । त्यसैले जसरी कमजोर शरीरमा कोरोनाको सङ्क्रमण सजिलै हुन्छ त्यस्तैगरी कमजोर बनेको विश्व अर्थतन्त्रलाई पनि कोरोना प्रभावले सजिलै संक्रमित पारेको देखिन्छ ।
अहिले मानिसहरूले यात्रा गर्न छाडीसके । हवाई उद्योगले यो वर्ष ११३ अर्ब डलरको क्षती व्यहोर्नुपर्ने पूर्वानुमान सार्वजनिक भईसकेको छ । नेपाल जस्ता विकासशील मुकुकहरुका लागि यो भाइरसको आर्थिक प्रभाव कस्तो रहन्छ भन्ने एसियाली विकास बैंकले गरेको प्रक्षेपण कहालीलाग्दो देखिन्छ । जलमार्ग हुँदै आइरहेको वस्तुको ढुवानी समेत नराम्ररी प्रभावित भएको छ । ठूला क्रुजहरु अहिले बन्दरगाहमा थन्किएका छन् भने तिनीहरुमा काम गर्ने मानिसहरु त्रसित बनेका छन् ।
विश्वको कुनै कुनामा भएको सामान्य घटनाको समेत विश्वब्यापी प्रभाव हुन्छ भन्ने भूमण्डलीकरणको सैदान्तिक मान्यता त यसले पुष्टी गरेकै छ तर त्यो कति हानिकारक र घातक हुन्छ भन्ने समेत कोरोनाको संक्रमण फैलिए लगत्तै शेयर बजारको अन्तर्राष्ट्रिय मार्केटमा लगानीकर्ताले अघिल्लो हप्ता मात्र गुमाएको ६ अर्ब डलरको अंक हेर्दा स्पष्ट हुन्छ ।
पछिल्लो अवस्थाले विश्वस्तरका नेताहरुको असक्षमता समेत सिद्ध गरेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको आर्थिक रुपमा प्रतिष्पर्धी बनेका मुलुकलाई कमजोर पार्ने नीति समेत यो अवस्थाको लागि जिम्मेवार छ । यदि उनले चीनसँग व्यापार युद्ध नगरेका भए शायद विश्व अर्थतन्त्रले आफुलाई सम्हाल्न सक्थ्यो तर उनले यती कमजोर र धराशयी पारेका थिएकी सहजै कोरोना प्रभावले त्यसलाई थला पार्यो । उता युरोपियन युनियनबाट निस्कने बेलायतको ब्रेक्जीट निर्णयले युरोपको अर्थतन्त्रमा निराशा छाएकै बेला यो रोगको संक्रमणले थप निराशा थपेको छ ।
आर्थिक भूमण्डलीकरण सफल हुने कुरामा सन्देह उत्पन्न भएको छ । कोरोनाको संक्रमणमा नै थला परेको विश्व अर्थतन्त्र त्यस्ता जटिल अवस्थाको सामना गर्न सक्षम हुने कुरा कल्पना गर्न सकिंदैन ।
आर्थिक भूमण्डलीकरणको क्षमता माथि प्रश्न
निकै समयअघिदेखी नै वातावरणविद्हरू अनियन्त्रित विश्वव्यापी आर्थिक वृद्धिको बारेमा टिप्पणी गर्दै आएका छन् । हाल देखिएको मौसम परिवर्तनको खतराले त्यो आलोचनालाई सही सावित गर्दै छ भने हालको पर्यावरणीय दुरावस्थाको लागि पुँजीवाद जिम्मेवार रहेकोमा थप चर्चा आवश्यक छैन । अनी पुँजीवादले विकास गरेको भूमण्डलीकरणको ब्याख्या यहाँ पूर्णत लागु भएको छ । नेपाल लगायतका पर्यावरणीय बिनासका कुनै काम नगरेका मुकुलहरु नै अहिले त्यसको सबैभन्दा ठुलो चपेटामा परेको देखिएको छ ।
यहाँ उठाउनै पर्ने महत्वपूर्ण प्रश्न यो हो कि के विश्वब्यापी रुपमा बढ्दो आर्थिक असमानताले उत्पन्न गर्रौने ज्वारभाटमा आफ्नो डुंगा डुब्न नदिने क्षमता आर्थिक भूमण्डलीकरणसँग छ ? अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले पनि स्विकारी सकेको यस्तो असमानताको हानिकारक प्रभावलाई कम गर्न आर्थिक भूमण्डलीकरण सफल हुने कुरामा सन्देह उत्पन्न भएको छ । कोरोनाको संक्रमणमा नै थला परेको विश्व अर्थतन्त्र त्यस्ता जटिल अवस्थाको सामना गर्न सक्षम हुने कुरा कल्पना गर्न सकिंदैन ।
एक दशक अगाडी नै आर्थिक भूमण्डलीकरणको दुष्प्रभाव देखिएको थियो । सन् २००८ मा अमेरिकाबाट शुरु भएको आर्थिक मन्दीले सारा विश्वलाई पिरोलेपछि समेत यस्तो अवस्थाबारे फेरी गहिरिएर नसोच्नुको मूल्य अहिले विश्वका मानिसहरुले चुकाउनु परेको छ । के त्यहीबेला आर्थिक विश्वव्यापीकरण अफापसिद्ध भयो भनेर नयाँ आर्थिक प्रणाली निर्माण गरिएको भए आज कोरोनाको सङ्क्रमणमा आफ्ना नागरिक नपरेका मुलुकसमेत यसरी आर्थिक चिन्ताबाट पिरोलिनु पर्थ्यो ? यो अहिलेको अनुत्तरित प्रश्न हो ।
प्रतिक्रिया दिनुहोस