aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

  • एएफपी
    एएफपी
  • शनिबार, २४ फागुन २०७६
साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद ।  साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान नै पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रीट जर्नलले जनाएका छन् ।

पक्राउ परेका तीनमध्ये दुई पुरुष सदस्यहरू देशका प्रभावशाली व्यक्तित्व भएका जनाइएको छ  । पछिल्लो घटनालाई युवराज मोहम्मद बिन सलमानसँग जोडेर हेरिएको छ ।

सन् २०१७ मा युवराजले मोहम्मद बिन सलमानले उनीहरूलाई गिरफ्तार गर्न आदेश दिएका थिए ।  सन् २०१६ मा युवराज घोषणा गरेपछि  सलमानले देशका शासन  गर्दै आउन भएको पाइन्छ । 

गिरफ्तार गरिएका तीनजना पुरुष सदस्यमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलअजिज, पूर्व युवराज मोहम्मद बिन नायेफ र शाही नातेदार राजकुमार नवाफ बिन नायेफ रहेका छन्।

मोहम्मद बिन सलमानले सन् २०१७ मा नजरबन्दमा राख्नुअघि मोहम्मद बिन नायेफ आन्तरिकमन्त्री थिए । शाही परिवारका यी सदस्यका घरमा गार्डहरू मास्क लगाएर कालो पोशाकमा आएका र उनीहरूका घर खानतलाशी गरेका द वाल स्ट्रीट जर्नलले जनाएको छ । 

असाध्यै पुरातनवादी मुलुक साउदी अरेबियामा मोहम्मद बिन सलमानले सन् २०१६मा आर्थिक र सामाजिक सुधारका कार्यक्रमहरू घोषणा गरेपछि उनको अन्तराष्ट्रिय स्तरमा प्रशंसा भएको थियो।

पछिल्ला दिनमा साउदी अरेबिया घातक कोरोनाभाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उपायमा लागिरहेको छ । विदेशी तीर्थयात्रुहरूलाई तीर्थयात्रा गर्न रोक लगाइएको छ र धेरै महत्वपूर्ण वार्षिक हज होला कि नहोला भन्ने पनि प्रश्न उठेको छ । गत बिहीवार इस्लाम धर्मावलम्बीहरूको पवित्र शहर मक्कालाई पूर्ण रूपमा सफा गर्न खाली गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस