aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफँैले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो । 

 सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस