aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं । अष्ट्रेलियाको तास्मानियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । दुई साता अघि नेपालमा विदा मनाएर फर्केका विद्यार्थीमा संक्रमण भेटिएको हो ।

उनको अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको छ । उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा राखिएको छ ।

गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट पुगेका थिए । अष्ट्रेलियाको तास्मानियामा अहिलेसम्म दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस