
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बरले माक्स उत्पादन शुरु गरेको हो ।
चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स बिक्री र अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्ने जनाएको हो । हाल विश्वभर कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढेसँगै माक्सको माग पनि बढेको छ ।
नेपालमा पनि माक्सको कृतिम अभाव दैनिक बढ्दो छ । यसलाई मध्येनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले माक्सको उत्पादन थाल्ने निर्णय गरेको हो ।
चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरिसकेको छ । उनीहरुले बजारमा माक्सको अभाव नहुने हिसावले माक्सको उत्पादन गर्ने बताइएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा भएको माक्स अभावलाई मध्येनजर गर्दै संस्थाका सदस्यहरु मिलेर सर्जिकल माक्स उत्पादन गरेर विक्रि गर्न थालेको बताए ।
प्रतिक्रिया दिनुहोस