
एजेन्सी । सन् १९८० को दशकमा ब्रिटिश टेलिभिजनमा प्रशारित ‘एस मिनिस्टर’ नामक एक शृंखलाका चर्चित पात्र सर हम्फेरी एप्पलबीले भनेका थिए,’ जबसम्म कुनै कुरा आधिकारिक रुपमा अस्विकार गरिंदैन, तबसम्म सो कुरा नपत्याउनुहोस् ।’
यहाँ यो कुरा किन स्मरण गरिएको हो भने कोरोना भाइरसले कुनै जाती वा समुदाय विशेषलाई बढी संक्रमण गर्छ र कतिपय जातका मानिसहरुलाई यसले प्रभावित पार्न सक्दैन भन्ने अनुसन्धानात्मक अध्यायनले देखाएका तथ्यहरुलाई संस्थापन शासक वर्गले अस्विकार गरेका छन् ।
सांघाई स्थित तन्गजी विश्वबिद्यालयका मेडिकल वैज्ञानिकहरुको समूहले प्रकाशित गरेको शोध रिपोर्ट अनुसार कोरोना भाइरस एशियन मुलका विशेष गरी मंगोलियन र पर्सियन मुलका मानिसहरुलाई चाँडो संक्रमित पार्ने गरेको छ ।
सन् २००३ मा फैलिएको सार्स भाइरसले पूर्व उत्तर एशियाका मानिसलाई बढी सताएको थियो। रिपोर्टमा लेखिएको छ,’आठजना एशियन मुलको पुरुषमा गरिएको अध्यायन अनुसार अहिलेको भाइरसको संक्रमण क्षमता निकै नै धेरै देखियो । जबकी त्यस्तै उमेरका अफ्रिकन र पश्चिमी मुलका (गोरो छाला भएका) पुरुषहरुको फोक्सोमा यसले कम मात्रामा मात्र संक्रमण गर्यो।’
यसले के देखिन्छ भने कोरोना भाइरसको संक्रमण अनुवांशिक (जेनेटिक) पृथकताको आधारमा फरक फरक छ। यो तथ्यले कतै कुनै अनुवांशिक (जेनेटिक) उत्पती भएका मानिसलाई लक्षित गरेर विकास गरिएको होइन भन्ने आशंकालाई बलियो बनाएको छ।
यो खोजी बढ्दै जाँदा धेरै मानिसहरूले कोरोना भाइरसको जातीय आयाम देख्न थालेका छन्। चिनियाँ बैज्ञानिकहरुको तर्क के छ भने यदी कुनै अनुवंशलाई लक्षित गरि यो भाईरस विकास नगरिएको हुँदो हो त कोरोना भाइरसले अफ्रिकालाई अहिले नै ध्वस्त पार्नु पर्थ्यो।
किनभने अफ्रिका गरीब छ, खराब स्वास्थ्य प्रतिरक्षा प्रणालीमा त्यहाँका मानिसहरु छन्। चिकित्सा स्याहारको पहुँच धेरै अफ्रिकीहरुका लागि अत्यन्त सीमित छ । निस्सन्देह, कोरोनले संसारको कुनै पनि महाद्वीपमा भन्दा त्यहाँ खराब असर पार्नुपर्दछ तर, चिनियाँ वैज्ञानिकहरूको खोजमा त्यस्तो देखिएको छैन।
प्रतिक्रिया दिनुहोस