aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
नक्कली नागरिकता बनाउने पूर्व गाविस सचिव पक्राउ

बारा । नक्कली नेपाली नागरिकता, जन्मरमूत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका बिभिन्न सरकारी कागजातहरु मोटो रकम लिई बनाईदिने गरेका पूर्व गाविस सचिन पक्राउ परेका छन । जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.७ रामनगरी बस्ने  बिन्दा प्रसाद साहलाई नेपाली नागरिकताहरु बनाइदिएको उनीमाथि आरोप लागेको छ । 

उनले नागरिकता बनाउन प्रयोग हुने फोटो टासी तयारी गरेका अनुसुची.१ का फारमहरु, जन्मदर्ता, मुत्यू दर्ता, बिवाह दर्ता, बसाई सराई, जन्म प्रमाणित र सिमकर्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित  साहलाई पर्सा बी.म.न.पा.वडा नं.१६ नगवा फुलवारीटोल  स्थितबाट नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस