
काठमाडौं । रंगैरंगको पर्व होली । रंग बिना होलीको कल्पना पनि गर्न सकिंदैन् । प्रेम र सद्भावको प्रतिकको रुपमा खेलिने रंगले कहिलेकाँही शरीरलाई बेफाइदा पनि गर्न सक्छ । त्यसमा पनि पछिल्लो पटक रंगमा प्रयोग हुने केमिकलले शरीरबाट रंग पखाल्न निकै मुस्किल समेत हुने गर्दछ ।
रंगलाई घरमै कसरी सजिलै पखाल्न सकिन्छ
(काँक्राको प्रयोग पनि रंगबाट छुटकारा पाउन सकिने एउटा उपाय हो । काँक्राको रस निकालेर त्यसमा थोरै गुलाब जल र एक चम्चा स्याउको रस मिलाएर पेस्ट तयार गर्नुस् र त्यसलाई रंग लागेको भागमा लगाउनुस जसले रंग पनि जानेछ र छालामा निखार पनि आउनेछ ।
(रंग मेटाउने काममा मुला नामै काफी छ । मुलाको रस निकालेर त्यसमा धुत वा बेशन वा मैदा मिलाएर पेस्ट तयार गर्नुस् र त्यसलाई अनुहारमा लगाउँदा पनि अनुहार सफा हुन्छ । अनुहार मात्र होइन, शरीरका कुनै पनि अंगमा लागेको रंग मेटाउनु छ भने पनि यो उपयोगी हुनेछ ।
(कागती र बेसनको प्रयोग गरेर पनि सजिलै रंग मेटाउन सकिन्छ । रंग मेटाउनका लागि बेसनमा कागती वा दुध मिलाएर त्यसको पेस्ट बनाउने र त्यसलाई आफ्नो छालामा लगाउँदा सफा हुन्छ । १५र२० मिनेटसम्म पेस्ट लगाएरै राख्नुस् र फेरि गुनगुनाउँदै पानीले हातमुख धुनुस, होलीको रंग पुरै गायब हुनेछ ।
(छालामा लागेको गाढा रंग अनुहारबाट हटाउनका लागि दुई चम्चा जिंक अक्साइड र दुई चम्चा कैस्टर आयल मिलाएर लेप बनाउनुस् र त्यसलाई अनुहारमा लगाउनुस् । त्यसपछि हल्का हातले रगडेर अनुहार अर्थात रंग लागेको भाग धुनुस । २०–२५ मिनेटपछि साबुन लगाएर अनुहार धुनुस् । तपाईको छालामा लागेको रंग पुरै पखालिनेछ । ध्यान दिनुहोला लेप अनुहारका लगाउने क्रममा रगड्ने काम नगर्नुस् र राम्रो परिणामका लागि स्पन्जको प्रयोग गर्नुस् ।
(जौको पिठो र बदामको तेल पनि शरीरमा लागेको जिद्ध रंग मेटाउन प्रयोग गरिन्छ । यसको तेललाई छालामा लगाएर रंग सफा गर्न सकिन्छ । यसका अतिरिक्त दुधमा थोरै काँचो मेवा पिसेर मिलाउनुस् । साथै थोरै कमेरे माटो वा थोरै बदामको तेल मिलाएर करिब आधा घण्टापछि अनुहार धुँदा पनि रंग मेटाउन सकिन्छ ।
(अनुहारमा फोकाफाकी छ र रंग पनि जमेको छ भने सुन्तलाको बोक्रा र मसुरी दाल वा बदामलाई दुधमा पिँधेर पेस्ट बनाउनुस् र त्यसलाई पूरै छालामा मालिस गर्नुस । तपाईको छाला सफा हुनेछ र त्यसबाट थप निखार पनि आउनेछ ।
रङको छनौटमा ध्यान दिनुहोस्
रङहरुको उत्सव रमाइलोसँग मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ । तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुनेदेखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ ।
बजारमा पाइने धेरैजसो रङहरुमा रसायन मिसाइएकाले यसले छालामा क्यान्सर हुने डाक्टरहरुको भनाइ छ ।रक्तचन्दन, बेसार तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खासै हानी गर्दैन ।
रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ । फागु खेल्दा सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउने गर्दा पनि छालालाई बचाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस