aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
श्रमिक कटौती , रोजीरोटी खोस्ने काम

कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
कोरोनाको कारण देखाउँदै कानुनमाथि धावा नबोल्न पर्यटन श्रमिकको चेतावनी

काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले पर्यटन श्रमिक कटौती नगर्न चेतावनी दिएको छ । छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइरसको कारण देखाउँदै श्रमिक कटौती गर्न केही कम्पनीले गरेको निर्णय प्रति पर्यटक श्रमिक संगठनले आपत्ती जनाएका हुन् । कोरोनाका कारण दैनिक जीवनयापनमा कठिनाई उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजीरोटी खोस्ने काम कोही कसैले नगर्न संगठनले विज्ञप्तिमार्फत चेतावनी दिएको छ । 

‘एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौतीमात्रै नभएर बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेका छन्,’ यसमा हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भइरहेको छ प्रेस विज्ञप्तीमा भनिएको छ ।

हाम्रो यूनियन यूनिट्राभले यस विषयलाई नजिकबाट नियालीरहेको छ । सतर्कता अपनाउनुभन्दा पनि बढीभन्दा बढी हौवा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृति लगायत अन्य क्षेत्रका संघ संस्थाले सामाजिक सुरक्षालगायतका विषय आइरहेका छन् ।  श्रम ऐनले लागु गरेको व्यवस्था विपरित श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुबिधा कटौती गर्ने एकतर्फी भनाइ आएको विषय हाम्रो संगठन यूनिट्राभलाई मान्य हुनेछैन ।’ 

संगठनले कर्मचारी कटौतीदेखि सेवा सुबिधा कटौती गर्नेलाई सचेत गराउँदै लेखेको छ, विश्वव्यापी संकटको बेला नेपाली श्रमिकको दैनिकीलाई अझै संकटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्नेछ । ’ 

श्रमिक संगठनको नम्र निवेदनलाई मध्येनजर गर्दै कानुनी विषयमा धावा नबोल्न पनि हामी सबै कम्पनीमाथि श्रमिक संगठनले सचेत गराएको  युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताएका छन्  । साथै सरकारले पनि श्रमिकका विषयलाई उच्च प्राथमिकताका साथ लेओस् भन्ने चाहन्छौं ।’ संगठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति भने दुःख समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस