aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

ट्राफिकलाई ५ हजार दिने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
ट्राफिकलाई ५ हजार दिने पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीलाई पैसा दिएर फुत्किन खोज्ने एकजना पक्राउ परेका छन्  । ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतवार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो । 

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । 

पक्राउ परेका उनी सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटी थप अनुसन्धानको लागि बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस